३५ सय एम्पुल लागूऔषधसहित स्यूचाटारबाट एकजना पक्राउ


काठमाडौं – राजधानीको स्यूचाटारबाट लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा कालिमाटी वृत्तबाट खटिएको प्रहरीले स्यूचाटारमा लागूऔषधको कारोबार भइरहेको सूचनापछि सोलुखुम्बु जिल्लाको दूधकुण्ड गाउँपालिका घर भई हाल स्यूचाटार बस्ने ३६ वर्षीय आङ्गु शेर्पालाई पक्राउ गरेको हो ।

प्रहरीले शेर्पाको साथबाट बा.८९ प. २३४९ नम्बरको मोटरसाइकल समेत डाइजेपाम ८११ एम्पुल, फेनेरागन ७८५ एम्पुल, नुरफिन ६०० एम्पुल, लुपुजेपाम १७९ र नाइटेजेपाम १२०० एम्पुल गरी ३५७५ एम्पुल बरामद गरेको छ ।

त्यस्तै उनको साथबाट नगद ६० हजारका साथै सुनजस्तो देखिने धातुको बेरुवा औंठी र मोबाइल दुई थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज बारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया