अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीकाे मृत्यु


काठमाडाैं- अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुबेर दुई जना नेपालीको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया