ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि पहिरो खस्दा दुई जना घाइते


काठमाडौं- ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्टर र मोटरसाइकल चालक छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । उनीलाई उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको छ ।

अहिले एक्साभेटरको प्रयोगले पुरिएका बाइक र ट्याक्टर निकालिएको छ। अवरूद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया