नुवाकोटमा खुकुरी हानेर आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ


विदुर- नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन् ।

सोमबार साँझ  मानेगाउँका अन्दाजी ७० वर्षीय समसिङ तामाङको हत्या आरोपमा उनका भाइ ६० वर्षीय सिंहबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ ।

सिंहबहादुरले घाँटीमा खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया