‘शोभा’ उर्फ जानुका पाठक कारबाहीमा


काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले जानुका पाठकलाई कारबाही गरेको छ ।

विवादै विवादमा मुछिएकी शोभा भनिने जानुका पाठकले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य भन्दै अराजक गतिविधि, सामाजिक सञ्जालमा पार्टी र संगठनको हित विपरितका अभिव्यक्ति, नेतृत्वप्रति भ्रामक र कपोलकल्पित आरोपका कारण संगठनको कुनै पनि भूमिकामा नरहने गरी कारबाही गरिएको संगठनका महासचिव सुमन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका—७ स्थायी घर भएकी ‘शोभा’लाई २०८० साल पौष २२ गतेको बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयले कारबाही गरेको थियो। तर अहिले पनि शोभाले आफू युवा संघमा भएको कुरा बताउँदै आएपछि हिजो (सोमबार) पनि एक विज्ञप्तिमार्फत शोभालाई कारबाही गरिएको जानकारी गराइएको छ।

उनलाई संगठनको विधान अनुसार साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरिएको बताइन्छ ।

प्रतिक्रिया