मध्यावधि निर्वाचन हुनसक्ने राप्रपाको आँकलन


काठमाडौँ – राप्रपाले राजनीतिक अस्थिरताको बीचमा मध्यावधि निर्वाचन हुनसक्ने आँकलन गरेको छ ।

केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हुनसक्ने मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको संगठन सुदृढ गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘कमजोर संगठन संरचना र आगामी दिनमा हुनसक्ने मध्यावधि निर्वाचन स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन र संरचनालाई सुदृढ गर्ने, २०८२ वैशाख मसान्त सम्ममा ७७ वटै जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको छ ।’

राप्रपाले नवीन राप्रपा अन्तर्गत सञ्चालन गर्दै आएको भूगोल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने, जिम्मेवारीमा रहेको क्रियाशील सदस्यहरूलाई थप क्रियाशील हुन र निष्क्रियहरुलाई पनि क्रियाशील हुन र नखट्नेलाई जिम्मेवारी मुक्त गने निर्णय भएको बताए ।

सहकारी प्रकरणमा विपक्षी दले संसदीय छानबिन समितिको माग गर्दा सरकारले बहुमतले सदन चलाएकोप्रति आपत्ति जनाए ।

प्रतिक्रिया