टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ खेलाडी मात्रै !


काठमाडाैं- आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि  क्रिकेट अस्ट्रेलियाले छोटो समयको बिदा दिएकाे छ । साेही कारण  भोलि हुने नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी रहने भएका हुन् ।

आईपीएल खेलेका अस्ट्रेलियाका कप्तान मिचेल मार्श,  प्याट कमिन्स, ट्राभिस हेड, मिचेल स्टार्क ग्लेन म्याक्सवेल र  क्यामरन ग्रीन भारतबाट अस्ट्रेलिया जाँदैछन्  । आउँदो जुन ५ मा ओमानसँगको टी–२० विश्वकप खेलअघि उनीहरू वेस्ट इन्डिज बताइएकाे छ ।

प्रतिक्रिया