सर्पले डसेर मृत्यु भएपछि सडक अवरुद्ध, क्षतिपूर्ति माग


सुर्खे- सर्पले डसेर मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन् ।

सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिवार बोटोमै मृत्यु भएको थियो ।

आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमवार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन् ।

सर्पले टोकेका बालकलाई उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनीलाई रेफर गरिको थियो । रेफर गरिएको बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोड समेत गरेका थिए ।

अहिले अस्पताल प्रशासन, आफन्त र जनप्रतिनिधिबीच वार्ताको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

प्रतिक्रिया