बालुवाटार बैठकमा भएन सहमति


काठमाडाैं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तापक्ष र प्रतिपक्षीबीचको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

संसद्को जारी गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका थिए । छलफलमा संसदीय छानबिन समितिको टीओआर कार्यदलका सदस्यहरू पनि सहभागी थिए ।

बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गरेको थियो । बिहानको बैठकमा सहमति नभएपछि आज साँझ पुनः बैठक बस्ने सहमति भएको बताइएकाे छ ।

प्रतिक्रिया