विश्वप्रकाशको प्रश्न- दुईवटा पासपोर्ट हुनेले गृहमन्त्रालय चलाउन पाउने हो ?


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा राहदानी हुनेले गृहमन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरेका छन् ।

आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा नेविसङ्घद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो,’ उनले भने, ‘दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुईवटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?’

प्रतिक्रिया