बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु


एजेन्सी- भारतको  दिल्लीस्थित विवेक विहार क्षेत्रको एक बाल अस्पतालमा  आगलागीमा हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा गए राति साढे ११ बजे आगलागी भएको भएको थियो ।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ ।

आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए ।

प्रतिक्रिया