दार्चुलाको अपीहिमालका खाद्य डिपोमा छैन चामल


दार्चुला- दार्चुलाको अपी हिमाल गाउँपालिकाका खाद्य डिपोमा चामल सकिएको छ ।

पालिकाभित्र रहेका तीनवटै खाद्यसंस्थाका डिपोहरुमा विगत लामो समयदेखि खाद्यान्नको चामल अभाव रहेको गाउँपालिकाले जनाएको छ । यसले गर्दा अहिले त्यहाँका स्थानीयहरु महँगो मुल्यमा स्थानीय व्यपारीहरुबाट चामल किनेर खाने गरेको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बोहराका अनुसार पालिकाभित्र स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको छ ।

तीनवटै खाद्यडिपोमा खाद्य व्यवस्था कम्पनीबाट आउने मोटा चामल सकिएको बताइएको छ । खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुबै चामल सकिएको अध्यक्ष बोहराले जानकारी दिए ।

 

प्रतिक्रिया