शीर्ष नेताको बैठक अघि बुढानिलकण्ठ पुगे प्रधानमन्त्री


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।

पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्थामा अस्वस्थ्य रहेका देउवालाई भेट्न प्रधानमन्त्री बुढानिलकण्ठ पुगेका हुन् ।

समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन ।

शनिबार कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ ।

प्रतिक्रिया