टी-२० विश्वकपका लागि पाकिस्तानी टिम घोषणा


काठमाडौं- पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।

टी-२० विश्वकपमा पाकिस्तान समुह ए मा रहेको छ । समुह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकपका खेल हुनेछन् ।

प्रतिक्रिया