सुन मिश्रित कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सुराकीको आधारमा प्रहरीले दुबईबाट काठमाडौं आएका ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई पक्राउ गरेको हो ।

उनलाई बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ। दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको थियो।

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । सो क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो । पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट ४० ग्रामको सुनको सिक्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया