

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं – राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ ।
बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिदै आएको छ ।
कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् ।

