सहकारी अपचलनः कार्यदलको बैठक आज पुनः बस्ने


काठमाडौं — सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ ।

बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बस्ने भएको हो ।

बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए ।

कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल रहेका छन् ।

प्रतिक्रिया