सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयले गर्‍यो परराष्ट्रमा पत्राचार


काठमाडौं- अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले  पहल सुरू गरेको छ  ।

आज युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।

युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताए ।

 

प्रतिक्रिया