महिला क्रिकेट एसिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा


काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनोटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।

आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकाको डाम्बुलामा महिला एसिया कप हुँदैछ । प्रारम्भिक टिममा इन्दू बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।

क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दू बर्मा (कप्तानं), रुबिना क्षेत्री, सीता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोली भट्ट, बिन्दू रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ रहेका छन् ।

प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुने छन् ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा यूएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया