विद्यार्थी बोकेर रारा जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते


बाजुरा- बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जीप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन् ।

घाइतेमध्ये चालक लालबहादुर भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएकाे छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया