सन्दीपको अमेरिका भिषाका लागि थप पहल, ज्ञानेन्द्र शाही लेख्छन्, ‘आशा छ विश्वकप खेल्ने बाटो खुल्नेछ’


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा प्रक्रियाका लागि पहल जारी भएको सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले बिहानैदेखि लामिछानेलाई विश्वस खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि सरकारका सबै निकाय, प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरेको कुरा जनाएका छन् । उनले अगाडि लेखेका छन्, ‘आशा छ विश्वकप खेल्ने बाटो खुल्नेछ, नेपाली चन्द्र सूर्य झन्डा फरफराउनेछ ।’

यसअघि बुधबार अमेरिकाको भिषा आवेदन दिएका सन्दीपलाई अमेरिकी दूताबासले भिषा दिएको थिएन । त्यसपछि क्यान सचिव पारस खड्का र सन्दीपबीच छलफल भएको थियो ।


 

प्रतिक्रिया