तिनाउमा डुबेर एक जनाको मृत्यु


पाल्पा – तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क बस्ने १७ वर्षीय राजीव लामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

दिउँसो करिब तीन बजे उनी पौडी खेल्दा एक्कासी डुबेर बेपत्ता भएका थिए। प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा बेलुकी साढे ५ बजे उनी मृत फेला परेको उनले बताए।

उनको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। उनीसहित ४ जना साथी पौडी खेल्न आएका थिए। अन्य तीनजना सकुशल छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया