पृथ्वीको तापक्रम बढ्न नदिन सबैको पहल आवश्यक : विज्ञ


काठमाडौँ – विज्ञहरूले कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन सबैकै प्रयास आवश्यक रहेको बताएका छन् ।

बुधबारदेखि काठमाडौँमा सुरु भएको हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै विज्ञहरूले कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित राख्नुपर्नेमा जोड दिएका हुन् ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित गरिनुपर्ने प्रयासहरूको सम्बन्धमा छलफल भएको थियो ।

 

प्रतिक्रिया