रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल


काठमाडौँ – नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा बुधबार रथको टुप्पोबाट नरिवल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको ४ दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो । रथबाट खसालिएको नरिवल शुभ हुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।

प्रतिक्रिया