भारतकाे कोलकातामा बङ्गलादेशी सांसद्काे शव फेला, ९ दिनदेखि थिए बेपत्ता


कोलकाता – बंगलादेशका सांसद अनवरुल अजिमको शव फेला परेपछि भारतमा हलचल मच्चिएको छ । बंगलादेशबाट उपचारका लागि पश्चिम बंगाल आएका बंगलादेशी सांसद अनवरुल अजिमको शव कोलकातामा भेटिएको छ ।

मृतक सांसद विगत ९ दिनदेखि बेपत्ता रहेको बताइएको छ । उनको शव बुधबार  कोलकाताको न्यूटाउनबाट भेटिएको थियो । बंगलादेशी सांसदको हत्या भएको आशंका गरिएको छ ।

बेपत्ता सांसदको खोजीका लागि भारतीय र बंगलादेशी अधिकारीहरूले खोजी अभियान सुरु गरेका थिए।  कोलकाता प्रहरीले घटनामा दुई जनालाई पक्राउ गरेको छ । बंगलादेशी मिडियाका अनुसार कोलकाता पुलिसका डेपुटी कमिश्नरलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो ।

प्रतिक्रिया