नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवी पत्रकार एकै होइनन् : रास्वपा


काठमाडाैं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएकाे बताएका हुन् ।

उनले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको बताएको छ ।

 

प्रतिक्रिया