सिरोहिया पक्राउबारे के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?
काठमाडाैं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख खोलेका छन् ।
चन्द्रागिरीमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग बाेल्दै उनले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको र सिरोहिया अदालती प्रक्रियाबाटै पक्राउ परेकाे बताएका हुन् । ‘यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने ‘उहाँसँग केको रिसइबी ? अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’