सिरोहियाविरुद्ध उजुरी दिने डा. इन्द्रजीत रास्वपाका प्रदेश सदस्य !


काठमाडौं- नागरिकता किर्ते गरेको आरोपमा  प्रहरीले हिजो कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको थियो । उनीविरूद्ध सर्लाही हरिवनका डा. इन्द्रजीत महतोले गत बैशाख वैशाख १६ गते प्रहरीमा जाहेरीमा दिएका थिए ।

सिरोहियाको जन्ममिति २०१९ राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको महताेकाेको दाबी थियाे ।

हिजाे सिराेहिया पक्राउ परेपछि कान्तिपुरले आज  गृहमन्त्री रवि लामिछानले आफ्ना स्वकिय सचिव दीपक बोहरालाई सिराेहियाविरूद्ध जाहेरी दिन लगाउन जनकपुर खटाएको दाबी गर्दै समाचार लेखेको छ ।

कान्तिपुरले भनेजस्तै कैलाश सिरोहियाविरुद्ध उजुरी दिने डा. इन्द्रजीत महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रहेकाे खुलेकाे छ । उनी हाल रास्वपाका प्रदेश सदस्य छन् ।  तर, उनी पहिलैदेखि भने रास्वपामा थिएनन् ।  डा. महतो नेपाली कांग्रेस हुँदै नेकपा एमालेकाे राजनीतिमा सक्रिय रहेको बताइन्छ ।

एमाले त्यागेर  २०७९ को आमचुनावमा डा. महतोले सर्लाही क्षेत्र नम्बर ३-क बाट प्रदेश सभा सदस्यको निम्ति स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव हारेपछि उनी रास्वपा प्रवेश गरेका हुन् ।

धरानमा प्रध्यापक समेत भइसकेका उनी पेशाले डाक्टर हुन् । उनले हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन् ।

 

 

 

प्रतिक्रिया