

एकै महिनामा कामीरिताको अर्को कीर्तिमान, सगरमाथा ३०औँ पटक आरोहण

काठमाडौं – कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड बनाएका छन् ।
आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६० मिटरको चुचुरोमा ३०औँ पटक आरोहण गरेका हुन् ।
फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको बताइएको छ ।
योसँगै उनले यसै महिना २९औँ पटक सगरमाथाको आरोहणको कीर्तिमान तोडेका हुन् ।

