सुर्खेत बस दुर्घटनाका मृतकको सनाखत


सुर्खेत- सुर्खेतमा भएको बस दुर्घटनामा मृतकको सनाखत भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो ।

सोमबार दिउँसो  दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै घुम्तीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया