राष्ट्रिय वाणिज्य बैंकको सिइओमा ५ जनाको नाम सर्टलिस्ट
काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ‘सर्ट लिस्ट’मा पाँचजना छनौट भएका छन् ।
सर्टलिस्टमा पर्नेमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।
छनौट भएका पाँचमध्येबाट अब एकजनाले पाँच वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीईओ पद रिक्त छ ।