पाकिस्तानमा सडक दुर्घटना परेर ३५ जनाको मृत्यु


इस्लामाबाद- पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिवार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँच बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् । मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ ।

उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो ।

यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।

प्रतिक्रिया