
चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति धर्मपालवरसिंहको निधन
काठमाडौं- पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाले जनाएको छ ।
८५ वर्षीय थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।
उनी चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति हुन् ।



कागजपत्र |
