

बन्दुक खेलाउने क्रममा पड्किएर रामबहादुर घाइते

काठमाडौं- रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । रामेछाप नगरपालिका- ६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङले भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
उनको पेटमा बन्दुकको छर्रा, बारुद लागेकाे थियाे । जिल्ला अस्पताल रामेछापडाँडामा सामान्य उपचारपश्चात थप उपचारको उनीलाई पाटन अस्पताल काठमाडौंमा ल्याइएको छ ।
प्रहरीले त्यहाँबाट १ नाल भरुवा बन्दुक र बारुद जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ ।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

