सिधा कुराका पूर्व सम्पादक भन्छन् – रवि सत्ताको चटकले लाचार भए


काठमाडाैं- पूर्व सञ्चारकर्मी तथा हालका गृहमन्त्री रवि लामिछानेसँग काम गरिसकेका एक पत्रकारले उनकाे कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन् । लामिछानेको चर्चित कार्यक्रम ‘सिधा कुरा’को सम्पादक भएर उनीसँगै काम गरेका शिवराज योगीले सत्ताको चटकले रवि लाचार भएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवी लामिछानेसँग ग्यालेक्सी टिभीमा एक वर्ष सहकार्य गरें। अझ भनौ उनको सिधा कुरा कार्यक्रमको सम्पादकको जिम्मेवारी निभाएँ । त्यसबेला उनमा देशमा सकारात्मक परिवर्तनको हुटहुटी थियो । अहिले उनी सत्तामा छन् । अहिले लाग्छ सत्ताको चटकले सबैलाई लाचार बनाउदो रहेछ क्यार ।’

पछिल्लो समय सहकारी प्रकरणले रवि विस्तारै आफ्नो लोकप्रियता गुमाउँदै गएका छन् ।

प्रतिक्रिया