मेयर बालेन कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् ।

उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।

मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता तय भएको छ । यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

प्रतिक्रिया