केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरिएको रिट खारेज


नयाँ दिल्ली- नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गर्दै दायर याचिका भारतको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ ।

केजरीवाल मदिरा नीति मामिलामा गिरफ्तारीमा परेकाले उनलाई मुख्यमन्त्रीबाट हटाउनुपर्ने याचिकामा माग गरिएको थियो । न्यायाधीश सञ्जीव खन्ना र दिपंकर दत्तले यस मामिलामा दिल्ली उच्च अदालतको निर्णयमा सर्वोच्चले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

भारतको ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेपछि केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया