सल्यानमा एक दम्पती मृत फेला


सल्यान- सल्यानको बनगाड कुपिण्डे नगरपालिका-४ देउलीका एक दम्पती मृत फेला परेका छन् ।

अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया