जीबी राईलाई अघिल्लो सरकारको पालामा भगाइएको हो : गृहमन्त्री


चितवन- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई अघिल्लो सरकारका पालामा भगाइएको आरोप लगाएका छन् ।

शनिबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘जीबी राईलाई अघिल्लो सरकारको पालामा भगाइएको हो । समातेर किन नेपाल ल्याइएन भन्ने प्रश्न पनि छ । भगाइएको मान्छेलाई समात्न समय लाग्छ । समात्ने कोसिस भइरहेको छ ।’

उनले राईलाई पक्रेर नेपाल ल्याउन हर कोसिस भइरहेको पनि दाबी गरे ।

प्रतिक्रिया