नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध


काठमाडौं- औषधि व्यवस्था विभागले नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले उत्पादन गरेको आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राई सिरपलाई प्रतिबन्ध लगाइएकाे हाे ।

बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको भन्दै प्रयोग गर्न अनुपयुक्त भएकाले प्रतिबन्ध लगाइएको औषधि विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन् ।

 

प्रतिक्रिया