ललितपुरमा बाख्रालाई हाँगा काटेर खुवाउनेले तिर्नुपर्‍यो ५ हजार जरिवाना


ललितपुर- ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ ।

रूखको हाँगा काटेर बाख्रालाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए ।

महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।

प्रतिक्रिया