

कोशी सरकार मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै सपथको तयारी

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।
कार्कीलाई आजै सपथ खुवाउने तयारी समेत गरिएको छ ।

