न्यूरोडमा एउटा सटरको भाडा ४ हजार मात्रै !


काठमाडौं- काठमाडौंंको न्यूरोडमा ४ हजारमै एउटा सटर भाडामा पाइन्छ । पत्याउनु भयो ? तर, त्यहाँ एउटा सटर महिनाको ४ हजार रुपैयाँमै सम्झौता गरेको पाइएको छ ।

काठमाडौं महानगरको टोलीले सुरु गरेको घरवहाल कर बारेको बजार अनुगमनका क्रममा न्यूरोड क्षेत्रमा सस्तोमा भाडा सम्झौता भएको पाइएको हो ।

सम्झौताअनुसारको १० प्रतिशत कर महानगरपालिकालाई तिर्नुपर्छ । त्यही कर छल्नको लागि सस्तोमा सम्झौता भएको हुन सक्ने नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बताए। न्यूरोड क्षेत्रमा सामान्य सटरको पनि ४०/५० हजार रुपैयाँ भाडा पर्ने भन्दै उनले निकै ठूला सटर पनि महिनाको चार हजारमा सम्झौता भएको पाइएको बताए ।

महानगरको टोलीले हिजो न्यूरोडबाट घरबहाल करबारे अनुगमन सुरु गरेको हो ।

प्रतिक्रिया