

पोखराको बिजुली पसलमा आगलागी, १ करोड बढीको क्षति

पोखरा – पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ ।
साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ ।

