

चार देशमा भारतीय मसला एमडिएच र एभरेष्ट प्रतिबन्ध

काठमाडौं- क्यान्सरकाे कारण रहेकाे भन्दै एसियाका चार देशले भारतीय मसलाहरूलाई प्रतिबन्ध लगाएका छन् ।
सिंगापुर, मलेसिया, हङकङ र माल्दिभ्सले भारतकाे एमडिएच तथा एभरेष्ट फूट प्रडक्ट्सका मसलाहरू प्रतिबन्ध लगाएका हुन् ।
भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार सन २०२३ मा अमेरिकाको एभरेष्ट फुड प्रडक्टका मसलाहरुमा साल्मोनेल्ला पदार्थ पाएको भन्दै प्रतिबन्ध लगाइएको थियो ।

