कप्तान रोहितबिना वेस्ट इन्डिज ‘ए’विरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल


काठमाडौं — वेस्ट इन्डिज ‘ए’ विरूद्धको तेस्रो टी-२० सिरिजको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।

यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।

नेपाली टीम: दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख ।

प्रतिक्रिया