
‘फ्लाइङ् किस’ दिन खोजेपछि केकेआरका हर्षित राणालाई कारबाही
काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सका बलर हर्षित राणालाई कारबाही भएको छ । आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीमाथि एउटा म्याचको प्रतिबन्ध लागेको हो ।
सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच भएको खेलमा राणाले ब्याट्सम्यान अभिषेक पोरेललाई ‘बोल्ड’ गरेपछि सेलिब्रेसनमा ‘फ्लाइङ् किस’का लागि हात उठाएका थिए । तर, उनी बिचमै रोकिए ।
हैदरावादविरुद्धको खेलमा उनलाई ‘फ्लाइङ् किस’सहित ब्याट्सम्यान मयंक अग्रवालतर्फ लक्षित गर्दै सेलिब्रेसन गरेकै कारण आचारसंहिता विपरीत गतिविधिको आरोपमा कारबाही गरिएको थियो । त्यतिबेला उनलाई म्याच फिसको ६० प्रतिशत रकम जरिवाना गरिएको थियो ।



कागजपत्र |
