

अछामको प्रजिअमा लम्साल नियुक्त

काठमाडौँ – अछामको प्रमुख जिल्ला अधिकारीमा शिव प्रसाद लम्साल नियुक्त भएका छन् ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई मङ्गलवार अछामको प्रजिअ बनाई पठाएको हो ।
अछामका प्रजिअ शरद कुमार पोखरेल अनिवार्य अवकाशमा जान लागेसँगै पेन्सन पट्ठा बनाउन सहजताका लागि गृह मन्त्रालयमा ल्याइएको छ । पोखरेल जेठ ६ गते अवकाशमा जाँदै छन् ।
त्यसैगरी मन्त्रालयका उपसचिव खडानन्द खत्रीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

