ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते


ललितपुर- ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । त्यहाँ रहेका ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको बताइएकाे छ ।

प्रतिक्रिया