

भारतबाट ल्याउँदै गरेको नक्कली नोटसहित दुईजना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १२३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुनलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

